सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दै

काठमाडौं । संङघीय संसद्का तीन वटा समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन्।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने छ। जुन बैठक बिहान ११:३० बजेदेखि सुरु हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजेदेखि सुरु हुनेछ। जुन बैठकमा पुरानै एजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

आजै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्ने छ। राष्ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा छलफल गर्नका लागि बिहान ११:३० बजेदेखि सुरु हुने गरी बैठक बोलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us