बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग सहकार्य गरी अघि बढ्न चाहेको बताएका छन्। शनिबार मञ्चको दशौँ बार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य पत्रकारिता अरू भन्दा विशिष्ट भएको र स्वास्थ्य क्षेत्र सुधारका लागि समेत महत्त्वपूर्ण हुने भन्दै मञ्चलाई अझ फराकिलो र विस्तार गर्नु पर्ने बताए । उनले मन्त्रालयले मञ्चलाई आफ्नै परिवारको हिस्साको रूपमा लिएको समेत बताए ।

स्वास्थ्य सूचना, जानकारी सँगै सचेतनाका कुरामा स्वास्थ्य पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै दक्षता अभिवृद्धिका लागि मञ्चसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।

सो अवसरमा बोल्दै मन्त्री पौडेलले अब निरोधात्मक प्रणाली आवश्यक रहेको भन्दै अब यस्ता खालका छुट्टै अस्पताल स्थापना गरी अघि बढ्नु पर्ने बताए । उनले स्वास्थ्य बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने भन्दै त्यसलाई व्यवस्थित गर्ने कार्यमा आफू लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us