एमालेले १५ गतेलाई बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

उहाँले बैठकमा माघ १८ गतेदेखि शुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us