तोकिएकै समयमा निर्वाचन हुन्छ: अध्यक्ष नेपाल

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आपनो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्ने बताउनुभएको छ।

एकीकृत समाजवादी कपिलवस्तुको बाणगँगा नगर कमिटिले चार नम्वर जितपुरमा शनिवार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

केपी ओलीको प्रतिगमनका विरुद्ध रहेका पाँचदल सके मिलेर निर्वाचनमा जाउँ नभए आपनो पार्टी स्थापना भएको सात महिना मात्र भए पनि एक्का एक्लै लड्नु परे पनि पछि नपर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचन नजिकिएकाले कार्यकर्तालाई सम्पूर्ण तयारीका साथ अघि बढ्न नेता नेपालले आग्रह समेत गर्नुभयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us