प्रधानमन्त्री बने ओलीले भन्दा धेरै राम्रो काम गर्छु : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री बने केपी शर्मा ओली नेतृत्वको सरुकारले भन्दा धेरै राम्रो काम गर्न सक्ने दाबी गर्नुभएको छ ।

कांग्रेस महामन्त्री थापाले आइतबार भक्तपुरमा आयोजित कार्यक्रमलाई यस्तो दाबी गर्नुभएको हो । ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु’ कार्यक्रममा उहाँले भन्नुभयो ‘आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दावाका साथ भन्नसक्छु ।’

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण आफू कांग्रेसको संसदीय दल नेता बन्न पहल गरिरहेको उहाको भनाइ छ । ‘त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो’ उहाँले भन्नुभयो – ‘म जिम्मा लिन्छु भनेर गएको पनि हो । ती प्रयासबाट आएका परिणामलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us