काठमाडौँ । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्चित कालका स्थगित भएको छ। मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको थियो। तर, थप निर्णय नभए पछि अनिश्चितकालका लागि स्थगित भएको हो ।
शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे पछि अहिले मतदान रोकिएको हो ।
निर्वाचन समितिका अनुसार विवाद मिलाउने प्रयास जारी राखिएको छ ।
खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ ।
अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।