युक्रेनमा दुवै पक्षका विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनविरुद्ध ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि शुरु भएको आक्रमण आज ५२ दिन पूरा भएको छ ।

सो अविधिमा करिब ४ करोड ४० लाख जनसंख्या रहेको युक्रेनमा एक करोड १० लाख भन्दा बढी जनता विस्थापित भएका छन् । दशौं हजार सर्वसाधारणको ज्यान गएको छ भने हजारौं सर्वसाधारण युद्धग्रस्त क्षेत्रमा फसेका छन् । युक्रेनको राजधानीसहितका मुख्य शहरहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको ५२ दिनको प्रतिरक्षालाई उपलब्धीको रुपमा हेरिएको बताएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युद्ध शुरु भएयता गत मंगलवार सार्वजनिक रूपमा टिप्पणी गर्दै युक्रेन युद्धमा रुसले आफ्नो लक्ष्य हासिल गर्ने दाबी समेत गरेका छन् ।  युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको मृत्यु भएको बताएको छ । दुवै पक्षका सयौं लडाकु विमान, हेलिकप्टर, ट्यांक, बख्तरबन्द गाडी ध्वस्त भएका छन् ।

शुक्रबार मात्रै रुसले ब्ल्याक सीको सोभियतकालीन युद्धपोत गुमाएको छ । रुसको लागि महत्वपूर्ण रहेको ‘मोस्कभा’ नामक युद्धपोतमा आफूले मिसाइल प्रहार गरेको युक्रेनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us