अनेमसंघ (समाजबादी) शिवसताक्षी नगर अध्यक्षमा बिन्दा थापा मगर

झिलझिले।नेकपा (एकीकृत समाजवादी) निकट महिलाहरुको साझा संगठन अनेमसंघ समाजबादी शिवसताक्षी नगर कमिटीको अध्यक्षमा बुद्धमाया (बिन्दा) थापा मगर निर्वाचित भएकी छन ।

पुर्बकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा बनभोज कार्यक्रमसहितको अनेमसंघ शिबसताक्षी नगरको दोस्रो अधिबेशनबाट मगरको अध्यक्षतामा नगर कमिटी पुनर्गठन भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा शोभा श्रेष्ठ र गोमा आचार्य चयन भएका छन । सचिबमा बासुकी राजबंशी, सहसचिवमा देबिमाया तामाङ्ग, कोषाध्यक्षमा बिनिता राई सर्बसम्मत चयन भएका छन् ।

त्यस्तैं, नगर कमिटीको सदस्यहरुमा क्रमशः मैना राजबंशी, सारदा थापा, शुनिता बोखिम, इन्द्रकुमारी थेबे, शुसिला ताजपुरिय, जिली ताजपुरिया, कल्पना खड्का, र मिना केरुङ सर्बसम्मत चयन भएका छन् ।

अनेमसंघ समाजबादी झापाकी अध्यक्ष तथा नेकपा र्(एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीका सदस्य हरिमाया मैनालीको प्रमुख आतिथ्यता तथा शिवसताक्षी नगर अध्यक्ष दुर्गादेबी मिश्रको अध्यक्षतामा दोस्रो अधिबेशन सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथी अनेमसंघ समाजबादी झापा अध्यक्ष तथा प्रदेश कमिटी सदस्य हरिमाया मैनाली, नगर अध्यक्ष तथा जिल्ला कमिटीका उपसचिव नबिन इजम, नगर कमिटीका उपसचिव खेम मैनाली, समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष गोविन ल्वागुन, अनेमसंघ झापाकी उपाध्यक्ष सरस्वती लिम्बू लगायतले शुभकामना मन्तब्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन पार्टीका कमिटी सदस्य सोमप्रसाद गुरागाईले गरेका थिए ।

कार्यक्रममा पार्टीका शिबसताक्षी नगर कमिटीका नेता तथा बौद्धिक व्याक्तित्व प्रकाशचन्द्र गौतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य अनिलदेब राई, ज्ञानेन्द्र निङलेकु, सन्तोष इजम, दिनेश थापा लगायतको नेताहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us