स्वस्थ भए ओली, आजै तीन कार्यक्रममा सहभागी हुने

काठमाडौं । केही दिनअघिसम्म अस्वस्थ भएका प्रधानमन्त्री ओली आज भने सार्वजनिक कार्यक्रममा पनि सहभागी हुँदै छन् । आजका लागि प्रधानमन्त्री ओलीका तीन वटा कार्यक्रम तय भएका छन् ।

प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसरमा नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजित कार्यक्रम सहभागी हुँदैछन् ।

आजै दिउँसो १ बजे उनी भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा सहभागी हुने छन् ।

त्यसपछि साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

यसअघि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us