६५ लाख धरौटी बदरको माग गर्दै रवि लामिछाने पुगे उच्च अदालत पोखरा

काठमाडौँ। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति उच्च अदालत पुगेका छन्।

कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो।

सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्।

यसअघि लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेर जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us