प्युठानका साढे १३ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

प्युठान । प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप लगाइने भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी समेतलाई लक्षित गरी माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा २ सय १५ वटा खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप लगाउन जिल्लाभरमामा २ सय स्वास्थ्यकर्मी, चारसय महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय शिक्षिकासहित जम्मा ७ सय जनशक्ति खट्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप लगाउन अहिले जिल्लाका सबै पालिका तहका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने लगायतका कामहरु भइरहेको कार्यालयले जनाएको छ । एचपीभी खोप भनेको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यसले भविष्यमा हुने पाठेघर मुखको क्यान्सर न्यूनीकरण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us