नेपाली सेनाको फोटो तथा विविध प्रदर्शनी

काठमाडौँ। प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित फोटो तथा विविध प्रदर्शनीको उद्घाटन उद्घाटन गरेका छन्।

मंगलबारदेखि माघ १८ गतेसम्म जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिएका छन्।

यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतका विविध गतिविधिहरूको प्रदर्शनी हुने सेनाले जनाएको छ।

आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us