दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४ सय जनाको ज्यान मृत्यु

डर्वान । दक्षिण अफ्रिकाको बाढी र पहिरोमा ४ सय जनाको ज्यान गएको छ भने दशौं हजार घरबारविहीन भएका छन् । 

ठूलो वर्षापछिको बाढी पहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन् ।  बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डरबानका केही भागहरू डुबानमा परेका छन् । बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्याएको छ भने घरहरू बगाएको छ । 

दक्षिणपूर्वी क्वाजुलु–नाताल प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ । डरबान हिन्द महासागरको तटमा पर्छ । बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us