झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

झापा । अग्रज पत्रकार विष्णु सुब्बालाई यसवर्षको डिकमान सुनुवार स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ ।पुरस्कारको राशी रु. २५ हजार र कदरपत्र रहेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले सुब्बालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

दमक निवासी सुब्बा दुई दशकदेखि रासस लगायतका सञ्चारमाध्यममा आवद्ध हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ झापाको उपाध्यक्ष समेत रहिसक्नु भएको छ ।

फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाका अनुसार यसवर्षको उदीयमान पत्रकारिता पुरस्कार रेडियो भिजन र सूर्योदय टिभीमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकमका पत्रकार सजन राईलाई दिने निर्णय भएको छ । उक्त पुरसकारको राशी जनही रु. पाँच हजार र कदरपत्र रहेको छ ।

तीन वटै पुरस्कारका लागि प्रतिभा छनौट गर्न फोनिज झापाका पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको थियो । यही माघ १९ गते फोनिजको सातौ झापा जिल्ला अधिवेशनमा ती पुरस्कार प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us