हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते

एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीमा हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते भएका छन् ।

पश्चिम दिल्लीको जहाँगीरपुरी इलाकामा भएको घटनामा घाइते हुनेमा सर्वसाधारण र केही प्रहरी रहेका छन् । हनुमान जयन्ती मनाउन भेला भएकाहरुबीच ढुंगा प्रहार भएपछि झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै कयौं सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

झडपमा सवारी साधनहरुमा आगजनी गर्नुका साथै भौतिक सम्पतीमासमेत क्षति पुर्याइएको छ । हाल सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us