जुनी जुनीभरीलाईमा रोमान्टिक दयाहाङ र आँचल

काठमाडौं । आगामी फागुन २ गते रिलिजमा आउने फिल्म दुःखी आत्मामा समावेश गीत जुनी जुनी भरीलाई सार्वजनिक गरिएको छ।
केतन क्षेत्री र मुना ठटालको स्वर, ईश्वर कार्कीको शब्द रचना र संगीत तथा उदयराज पौडेलको एरेन्जमेन्टमा तयार पारिएको गीत कर्णप्रिय छ।

रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई प्रस्तुत गरिएको छ। भक्तपुर दरबार स्क्वायरमा खिचिएको भिडियो रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

फिल्मको टिजर सार्वजनिक भएसँगै जुनार हिट छ। यसैले, कोरियोग्राफरले यो गीतमा जुनारको भरपुर प्रयोग गरेका छन्। आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा रामप्रसाद चौधरीको सम्पादन रहेको छ।

दीपेन्द्र लामाको लेखन र निर्देशनमा क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाले निर्माण गरेको फिल्ममा सुदीप ढकाल कार्यकारी निर्माता रहेका छन्।

दयाहाङ र आँचलको साथमा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधरलगायतका कलाकारले अभिनय गरेको फिल्मले यौनमा कमजोर रहेको एक पुरुषको कथा भन्छ। फिल्मले रमाइलो तरिकाले गम्भीर विषयवस्तु उठान गरेको निर्माणपक्षको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us