हिजोअस्ति घटेको सुनको मूल्य आज ह्वात्तै बढ्यो , तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १४ सय रुपैयाँ बढेको हो।

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आज एक हजार आठ सय ५५ रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us