मेची राजमार्गमा आज पनि गुडेन गाडी, यात्रुलाई सास्ती

काठमाडौ । पहिचानवादीहरुको आन्दोलनका कारण आज पनि मेची राजमार्गमा सवारी साधन गुड्न सकेको छैन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतको आन्दोलनका कारण त्यहाँ सवारी साधन ठप्प भएको हो ।
झापा जिल्लाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्णरुपमा ठप्प भएका हुन् । त्यस्तै इलाम, पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चलेको छैन । बजार र पसलहरु भने खुल्ला रहेका छन् ।

यही माघ १२ गते ताप्लेजुङको फुङलिङ–११ स्थित बलुडाँडामा प्रहरीबाट भएको दमनविरुद्ध मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले महंगलबारदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका छन् । यसले सर्वसाधारणलाई सास्ती समेत थपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us