माघ १७ गते बिहीबार, तपाईंकाे राशिफल यस्तो छ

मेष : समय बलवान् छ । पैसा लाभ, कार्य सिद्धि, उत्तम भोजनको अवसर मिल्नेछ ।

वृष : दिन शुभ भएकाले राजनीतिक लाभ, प्रतिष्ठा वृद्धि, सरकारी काममा सफलता होला ।

मिथुन : दिनभर कार्यमा बाधा भए पनि बेलुका राज्य–सुख, यश, लाभ हुने सम्भावना छ ।

कर्कट : धन लाभ, सम्मान होला तर बेलुकाको समय अस्वस्थता, कार्य बाधा हुने देखिन्छ ।

सिंह : दिन शुभ छ । आर्थिक लाभ, विजय, काममा सफलता, पुरस्कारको सम्भावना देखिन्छ ।

कन्या : थोरै प्रयासमा कार्य सफल, धन प्राप्ति, प्रतिस्पर्धामा विजय, पारिवारिक सुख होला ।

तुला : पेटको समस्या, विवाद होला तर बेलुकाको समय शुभ भएकाले कार्य सफल, सुख होला ।

वृश्चिक : लाभ, व्यावसायिक सफलता हुने देखिन्छ तर बेलेकीपख स्वास्थ्यमा समस्या आउला ।

धनु : शुभ समय भएकाले धन लाभ, सुख–सन्तोष, मान–सम्मान, पराक्रम–उन्नति हुने सम्भावना छ ।

मकर : समय शुभ छ । उपहार–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, सन्तुष्टि हुने देखिन्छ ।

कुम्भ : रोगव्याधि, निरर्थक खर्च तर बेलुकीपख खाद्यान्न प्राप्ति, भाग्योदय हुने सम्भावना छ ।

मीन : पैसा लाभ, उत्तम भोजनको अवसर होला तर बेलीकपख नोक्सानी, वादविवाद हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us