काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता पुर्व पर्धानमन्त्री झलनाथ खनालले तामाङ जातिको महान् चाड सोनाम ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ तामाङ् समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजु भाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रीति र परम्परा अनुसार चाडपर्वहरू मनाउँदै आएका छन् । सोनाम ल्होसार पनि तामाङ समुदायले परम्परागत रुपमा मनाउँदै आएको एउटा महत्वपूर्ण पर्व हो ।
यो ल्होसारले छुट्टै सांस्कृतिक महत्व बोकेको छ । यस्ता पर्वहरुले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान गरेका छन् ।
सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानता सहितको समुन्नत नेपाल निर्माण गर्ने र मुलुकलाई समाजवाद उन्मुख दिशातर्फ अग्रसर हुन सोनाम ल्होसार पर्वले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु शुभकामना सन्देशमा भन्नु भएको छ ।
