कास्की। स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आज बिहान १०ः३० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले दाबी गरेको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्रहरीको भनाई छ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ ।