काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले भूमिसम्बन्धि अधयादेश ल्याएर गिरीबन्धु टिटिस्टेको प्लटिङलाई वैध बनाउन खोजेको आरोप लगाएको छ।
बिहिवार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई सरकारले जंगल र निकुञ्जको जग्गा व्यक्तिलाई दिने षड्यन्त्र गरिरहेको बताए।
उनले भने, ‘सरकारले अध्यादेशमार्फत् देश लुट्न खोज्दैछ। त्यसका विरुद्ध कसरी जान सकिन्छ भन्नेबारे पनि छलफल भइरुहेको छ। हेर्दा सामान्य देखिन्छ। तर, कालाेबजारीलाई प्रोत्साहन गर्नेगरी आएको छ। सरकारले महंगी बढाएको छ। मुठ्ठीभर व्यापारीको पक्षमा चलेको छ।’
बैठकमा आगामी बैठकको एजेण्डा, पार्टी संगठन जिल्ला र प्रदेश अधिवेशनलाई निरन्तरता दिने बिषयमा पनि छलफल भएको बताए।