गठबन्धनको महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म टुंगो लाग्ने

काठमाडौं। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म गर्ने भएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुंगो सोमबार लाग्ने सहमति भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू बसेर आज बिहान छलफल गर्नु भएको थियो।

पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाउने तयारी छ।

सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने सत्तागठबन्धन पुगेको छैन। गत चैत १७ मा बसेको गठबन्धन बैठकले स्थानीय चुनावमा चुनावी तालमेल गर्ने निर्णय गरेका थिए।

सत्तागठबन्धनको केन्द्रले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने सहमति बनेको थियो। यस्तै गठबन्धनका दलहरूका प्रतिनिधि रहेको प्रदेश र जिल्लामा पनि संयन्त्र बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us