रास्वपा नेता स्वर्णिम वाग्लेले भने : ‘भुटानीदेखि गिरिबन्धुसम्मको छिनोफानो अब हामी गर्छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारविरुद्ध सशक्त ढंगले अगाडि बढ्ने बताएका छन्। हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद वाग्लेले पार्टी सभापति रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताए। लामिछानेमाथि लगाईएको निलम्बनप्रति आपत्ती जनाउँदै सरकारले बदला लिन लामिछानेमाथि अनेक खालका मुद्दा चलाएको भन्दै आक्रोश व्यक्त गरे।

वाग्लेले संसदीय छानविन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभएपनि जवरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राखे । यो सरकार विधिको शासन विपरीत गइरहेको उनको आरोप छ।

‘सरकारले बदला लिन पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राखेको हो। पाँचपाँचवटा जिल्लामा प्रमाण जुटाएर केन्द्रमै सीआईबीले अनुसन्धान गर्न सक्थ्यो । तर बदला लिन नै सभापति लामिछानेलाई पाँच जिल्ला घुमाइयो,’उनले भने,’लामो समय दु:ख दिनका लागि संगठित अपराधको मुद्दा लगाइयो।’

उनले अब न्यायिक आयोग गठनको आफ्नो प्रमुख माग हुने बताए। ‘नेपालको जाँचबुझ आयोग ऐन २०२६ छ। हाम्रो अब चीरस्थायी माग हुनेछ। नेपालको पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा एउटा न्यायिक आयोग गठन हुनुपर्नेछ। सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गर्ने गरेर हामी अगाडि जानुपर्नेछ,’उनले भने,’अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक संसदीय छानबिन समिति माग्ने वाला छौं। भुटानीदेखि कम्बोडियासम्म, वाइडबडीदेखि एनसेलसम्म ,बालुवाटारदेखि गिरिबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्नेछ।’

उनले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकारले विधिको शासन स्थापीत गर्न नसकेको बताए । उनले अध्यादेशलाई नियमित लयको रुपमा प्रस्तुत गर्न खोज्नु आपत्तीजनक रहेको धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us