उदार स्वयंसेवक आवद्ध सामाजिक संस्था नेपालले राष्ट्रिय युवापरिषद्सँगको सहकार्यमा एकदिने मिडिया सचेतना र उद्यमशीलता विकाससँग सम्बन्धित अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। यो तालिम गान्धी आर्दश माध्यमिक विद्यालय, जुन गोठाटार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो, मा विभिन्न ५ विद्यालयका सयभन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा सञ्चार साक्षरता, डिजिटल साक्षरता, पत्रकारिताको परिचय र महत्त्व, समाचार र सम्पादन, आइसीटी इन मिडिया, मिडिया र उद्यमशीलता, फेक न्युज, एल्लो जर्नलिजम र आचारसंहितासँग सम्बन्धित आठ ओटा कार्यपत्र प्रस्तुत गरिएका थिए। उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई प्रोत्साहन गर्न उद्यमशीलता विकासबारे विशेष चर्चा पनि गरिएको थियो।
कार्यक्रममा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अनिल थापा, सल्भ नेपालका परियोजना प्रमुख मोहन गौतम, विद्यालयका सहप्रधानाध्यापक, प्लसटुका कोअर्डिनेटर बन्दना घिमिरे, गान्धी उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया उपाध्याय, प्रेशकाउन्सिलका पूर्वअध्यक्ष भवानी बराल, कान्ति न्युपाने इ. नरेश पोखरेल, सबिना ज्ञवाली लगायतका विज्ञ टोलीको प्रस्तुति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेशकाउन्सिल काठमाडौँ शाखा उपाध्यक्ष तथा पत्रकार कान्ति न्युपानेले गरेकी थिइन।
यस तालिमले विद्यार्थीहरूलाई मिडिया र उद्यमशीलता सम्बन्धी महत्वपूर्ण ज्ञान र सीप प्रदान गरेको छ, जसले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत पुर्याउने विश्वास गरिएको छ।