रुवाईले स्वास्थ्यलाई फाईदा गर्छ भन्ने तपाईलाई थाहा छ ? छैनभने जान्नुहोस् रुनुका आठ फाइदा

काठमाडौं । रोएर मन हलुका हुन्छ भन्ने कुरा त हामीले धेरै सुन्दै आएका छौँ, यो सत्य पनि हो । रोएर दबाइएका भावनाहरूलाई मुक्त गर्न सकिन्छ। जसले भारी दिमाग र मनलाई हल्का बनाउँछ । जब हामी रुन्छौँ, यसले प्यारासिम्प्याथेटिक स्नायु प्रणालीलाई सक्रिय बनाउँछ । जसले शरीरलाई आराम महसुस गराउँछ ।

तनाव कम हुन्छ
आँसुले तनाव हर्मोनलाई राहत दिई धेरै हदसम्म तनाव कम हुन्छ । आँसुमा सबैभन्दा बढी तनाव हार्मोन र अन्य रसायन हुन्छन् । यस्तो अवस्थामा रुँदा शरीरमा यी रसायनको मात्रा कम हुन्छ। किनभने यी रसायन आँखाबाट आँसुको माध्यमबाट बग्छ, जसले तनाव कम गर्छ ।

शरीर शुद्धीकरण गर्छ
आँसुमा पानी मात्र नभई तनावको समयमा शरीरमा जम्मा हुने प्रोटिन र टक्सिन पनि हुन्छ । रुँदा शरीरलाई डिटक्सिफिकेसन हुन्छ । शरीरमा भएका विषाक्त पदार्थ आँसुसँगै बाहिर निस्किन्छ ।

भावनात्मक शुद्धीकरण
रुँदा मनमा सञ्चित पीडा, दुःख, वा तनावलाई बाहिर निकाल्न मद्दत गर्छ । भावनात्मक आँसु बहाउनु भनेको मनलाई हल्का बनाउनु हो । भावनात्मक आँसुमा एड्रेनोकोर्टिकोट्रोपिक हर्मोन हुन्छ । जसले तनाव घटाउन भूमिका खेल्छ । रुनुले शरीरलाई आरामको अवस्थामा फर्काउन मद्दत गर्छ ।

श्वासप्रश्वासमा सुधार
हामी प्रायः रुँदा गहिरो सास लिन्छौँ, जसले शरीरलाई आराम दिन मद्दत गर्छ । साथै यसले शरीरका साथसाथै दिमागलाई पनि राहत दिन्छ ।

प्रतिरक्षा प्रणाली सुधार
रुँदा तनाव कम हुन्छ र ‘फिल गुड’ हर्मोन अक्सिटोसिन उत्पादन हुन्छ । यसले प्रतिरक्षा प्रणालीमा सुधार गर्छ र रोगहरू रोक्न मद्दत गर्छ ।

राम्रो निद्रा
धेरै रुने बच्चामा राम्रो निद्रा पर्ने अध्ययनहरुले पनि देखाएको छ। यसले उनीहरूको दिमाग शान्त रहन र कुनै पनि प्रकारको पीडा कम गर्न मद्दत गर्छ। किनकि जब कोही व्यक्ति रुन्छ उसको शरीरबाट निस्किने एन्डोर्फिनले दिमागलाई शान्त पारी राम्रो निद्रा लाग्ने बनाउँछ ।

दृष्टि सुधार
रुँदा प्राकृतिक रूपमा आँखामा तरलपदार्थ लुब्रिकेट हुन्छ । सुख्खापन हट्छ । यसले कोर्नियालाई चिसो र सफा राख्छ । आँसुले आँखाको धुलो हटाउन पनि मद्दत गर्छ । साथै आँसुले आँखाको झिल्लीलाई सुक्न दिँदैन । साथै झिल्ली स्वास्थ्य रह्यो भने लामो समयसम्म आँखाको ज्योति ठिक रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us