बलात्कार आरोपमा एक व्यक्ति प्रकाउ

बर्दिया। बर्दियामा १४ वर्षीया नाबालिक लाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ।

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कामीलाई सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us