‘लाज शरणम्’मा गरिबी र बेरोजगारीको दुःख

काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगो निका कलाकारको टिमद्वारा निर्मित फिल्म लाज शरणम्को टिजर सार्वजनिक गरिएको छ।
युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा फिल्मका अधिकांश मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ।

वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस् भनेर बुबाले गरेको कामनासँगै शुरू हुने टिजरमा विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनाव देखाइएको छ। टिजरले फिल्म गरिबी र बेरोजगारी नागरिकको दुःखमाथि बनेको प्रष्ट्याएको छ।

लेखक, कलाकारदेखि निर्देशकसम्म सक्किगो निको टिम रहेको फिल्ममा सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणू योगी, विजय लामा, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारले अभिनय गरेका छन्।

जेपीटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठद्वारा निर्मित फिल्म कुमार कट्टेल ‘जिग्री ब्रो’ ले निर्देशन गरेका छन्। महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिज हुने फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us