केबलकार निर्माण विवाद: झापामा बन्द गराउँदै हिँड्ने तीन जना पक्राउ

झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै आइरहेको संघर्ष समितिले आज र भोलि झापासहित पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ ।

समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको हो ।

आज बिहान झापामा बन्द गराउँदै हिँड्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै आज बिहान मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्ग अवरुद्ध पारेका थिए ।

पाथीभरा क्षेत्रमा केबुलकारको विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us