६४ करोडको तोरी र २१ करोडको तिल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६४ करोड रुपैयाँको तोरी आयात भएको छ । चालु आवको पौष मसान्तसम्म ६४ करोड ७६ लाख ५१ हजार रुपैयाँको तोरी आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार ६६ लाख किलो तोरी आयात हुँदा १२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा भारत र रसियाबाट तोरी आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सबैभन्दा धेरै भारतबाट ५६ करोड रुपैयाँ बढीको तोरी आयात भएको छ । रसियाबाट ८ करोड रुपैयाँ बढीको तोरी आयात भएको छ ।

२१ करोडको तिल आयात

चालु आवको पौष मसान्तसम्म २१ करोड ४ लाख रुपैयाँ बढीको तिल आयात भएको विभागले जनाएको छ । विभागका अनुसार १८ लाख किलो तिल आयात हुँदा ४ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

नेपालमा भारत र चीनबाट तिल आयात हुने विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट २१ करोड रुपैयाँ र चीनबाट ६ हजार रुपैयाँको तील आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us