अध्यादेशको बिरोध गर्दा दास मानसिकता भएकालाई बढि पोल्यो: माधव नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले अध्यादेशको विरोध गर्दा एमालेमा दास भएर बसेकाहरुलाई बढि छट्पटी भएको बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले योगेश भट्टराईप्रति लक्षित गर्दै , नाम नलिई आफूहरूले अध्यादेशको विरोध गर्दा उनैलाई बढी पोलेको बताए ।

उनले भने, ‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ ।’

भट्टराईले प्रतिनिधिसभा बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए ।
त्यसको जवाफ दिँदै उनले आफ्नो पार्टी बनाउने बेलामा अध्यादेश आउनु आवश्यकता भएको तर, अहिले संसद् चल्ने बेलामा अध्यादेश आउन आवश्यक नभएको बताए ।

संसदमा विचारधिन रहेका विधेयकहरू फिर्ता नै नगरी विधि प्रक्रिया नपुराई अध्यादेश ल्याउने कुरा ठिक नभएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us