काठमाडौं। नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफूलाई गरिएको निलम्बन खारेजीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नु भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बित गभर्नर अधिकारीले अदालतमा रिट पेश गरेको र सोमाथि अध्ययन भइरहेको जानकारी दिनुभयो।
सरकारले गत चैत २५ गते अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको हो । आफूलाई निलम्बन गर्ने सरकारको निर्णय असंवैधानिक रहेको जिकिर रिट निवेदनमा गरिएको छ । वहाँले निलम्बनको निर्णय खारेज गरी आफ्नो पुनर्बहालीको माग रिट निवेदनमार्फत गर्नु भएको छ।