२९.६० अंकले घट्यो नेप्से

काठमाडौं। वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको दिन नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ ।

यस्तो अंक अघिल्लो कारोबार दिन अर्थात गत चैत ३० गते ३०.२४ अंकले बढ्दै २४ सय १५.२४ अंकमा अडिएको थियोे । नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us