काठमाडौं । नेपालबाट अम्रिसो निर्यात हुँदा साढे ५७ करोड रुपैयाँ भित्रिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६६ लाख किलो अम्रिसो निर्यात भएको छ । चालु आवको पौष मसान्तसम्म ५७ करोड ७४ लाख रपैयाँ बढीको अम्रिसो निर्यात भएको भन्सार विभागले जनाएको छ ।
उक्त अम्रिसो भारतमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
२८ करोडको अदुवा निर्यात
अदुवाको स्वादले तरकारी र मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधीजन्य गुणसमेत भएकाले विभिन्न औषधीमा समेत प्रयोग गर्ने हुने गरेको छ । अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ ।
चालु आवको पौष मसान्तसम्म २४ लाख किलो अदुवा निर्यात भएको छ । विभागका अनुसार २८ करोड १९ लाख रुपैयाँ बढीको अदुवा निर्यात भएको छ ।
नेपालबाट अदुवा भारत र स्वीट्जरल्यान्ड निर्यात भएको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार भारतमा २४ लाख ४० किलो र स्वीट्जरल्यान्डमा १० किलो अदुवा निर्यात भएको छ ।