रामकृष्ण ढकाललाई गायन सम्राटको उपाधि

बारा । गायक रामकृष्ण ढकाललाई उनको जन्मथलो निजगढमा गायन सम्राट उपाधिबाट सम्मान गरिएको छ। निजगढ उद्योग बाणिज्य संघद्वारा आयोजित प्रथम निजगढ महोत्सव– २०८१ मा प्रस्तुति दिन आएका गायक ढकाललाई निजगढ नगरपालिकाको तर्फबाट हालै गायन सम्राटको उपाधिबाट सम्मान गरिएको हो।

त्यसैगरी स्थानीय सञ्चार गृह निजगढ टाइम्सले पनि ढकाललाई गायन सम्राटको उपाधिसंगै सम्मानपत्रबाट सम्मान गरेको छ।

कार्यक्रममा ढकालले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ, मलाई यो जिन्दगीले कहाँ पुर्‍यायोजस्ता एक दर्जन गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्धबारे पटकपटक चर्चा गरे।

‘त्यतिबेलाका धेरै घटना अहिले त विस्मरणमा पुगिसकेँ’, ढकालले भने ‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सँधै सम्झना आइ नै रहन्छ।’ ढकालले जन्मस्थानमा आएर दोस्रो पटक कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै बाल्यकालमा नै जन्मस्थान निजगढ छोडेर अन्यत्र लाग्नु परेकोमा दुःख मनाउ पनि गरे।

ढकालको जन्म निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा भएको थियो। हाल उक्त स्थानमा अर्कैको पक्की घर ठडिएको छ। पहिले काठको सानो थियो’, आफू जन्मेको घर सम्झ“दै उनले भने ‘म त्यही आँगन र पिंढीमा खेलेर हुर्केको थिएँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us