राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा फर्किनुभएको छ। मुलुकको सम्मानित पदमा पुगेका व्यक्ति राजनीतिमा फर्कन नहुने तर्क बलियो ढंगले अघि बढिरहेका बेला माओवादी केन्द्रले पुनलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिएको छ।

पूर्वउपराष्ट्रपति पुनलाई माओवादीले आर्थिक तथा उत्पादन विभागको प्रमुखको जिम्मेवारी दिएको छ। हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले आर्थिक तथा उत्पादन विभाग गठन गर्नुका साथै संगठनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेसँगै पुनले उक्त जिम्मेवारी पाउनुभएको हो।

पार्टीको सोमबार बसेको बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पुनलाई दिने निर्णय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो। पार्टीभित्रको ठूलै जिम्मेवारी आशा गर्नुभएका पुनलाई उक्त जिम्मेवारी दिएपछि उहाँले कुनै प्रतिक्रिया जनाउनुभएको छैन।

माओवादीभित्र पूर्वउपराष्ट्रपति पुनलाई पार्टी राजनीतिमा पुनः भित्र्याउने विषयमा विवाद भए पनि पदाधिकारी बैठकले भने उत्पादन विभागको जिम्मेवारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us