पत्रकार बाेहरामाथि भएकाे हमलाप्रति पत्रकार महासंघले जनायो आपत्ति : दोषीलाई कार्वाही गर्न माग

काठमाडाै । नेपाल पत्रकार महासंघ काठमाडाै शाखाका सदस्य तथा पालिकासमय डट कमका अध्यक्ष/ सम्पादक कमलबहादुर बाेहरामाथि हिजाे साँझ सांघातिक हमला भएकाे छ ।

मध्यबानेश्वर क्षेत्रमा अपरिचित व्यक्तिले समाचारकाे विषयलाई लिएर सांघातिक हमला भएकाेप्रति पत्रकार महासंघले आपत्ती समेत जनाएकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै महासंघले हमला गर्नेमाथि कारबाहीकाे माग समेत गरेकाे छ । समाचारकाे विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने प्रावधान रहेपनि विभिन्न बहानामा पत्रकार बाेहरामाथि गरिएकाे आक्रमणकाे निन्दा गर्दै, आक्रमणकारीमाथि बानुनी कारबाही गर्न महासंघले माग गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us