बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ ।

सचिवालयका अनुसार आज २ वटा बैठकहरू सञ्चालन हुनेछ । प्रदेशसभाको पहिलो बैठकमा संसदमा दर्ता भएका ४ विधेयकहरू पेस हुनेछ ।

दोस्रो बैठकमा सो विधेयकहरू माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी हेमा न्यौपानेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us