एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौं । एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो ।

यसअघि लिभरपुलले म्यानचेस्टर सिटीलाई ३/२ अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २/० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १–१ गोल गरे ।

दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६५औं मिनेटमा रुबेनले गोल गर्दा  ७६औं मिनेटमा माउन्टले गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us