काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने गरी ल्याइएको सामाजिक सञ्जाल विधेयकप्रति असन्तुष्टि जनाएका छन्। उनले विधेयकको विरोध गर्दै गीतमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमा अहिले ‘बोल्न दे सरकार’ नामक ह्यासट्याग ‘ट्रेन्ड’ चलाइएको छ। यसै सन्दर्भमा बालेनले आफ्नो पाँच वर्षअघि सार्वजनिक गीत ‘बलिदान’ को केही अंश सञ्जालमा पोष्ट गर्दै उक्त अभियानलाई समर्थन जनाएका हुन्।
यस्तो छ उनको गीतको केही अंश:
‘मलाई बोल्न दे, सरकार, अपराध हैनमन खोल्न दे, दरबारको म सराप हैनमन खराब छैन, सही बोल्न डरउँदैनकानुन पो लाग्छ कि? आवाज उठाउदैमा…’
गत माघ १५ गते सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएको थियो।
सो विधेयकलाई लिएर अहिले पक्ष-विपक्षमा व्यापक बहस चलिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), पत्रकार सङ्गठनहरू र नागरिक समाजहरूले यसको कडा विरोध जनाइरहेका छन्।
यसैबीच मेयर शाहले फेसवुकमा गरेको पोष्टलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।https://www.facebook.com/share/v/1DhjTiG4K9/