सामाजिक संजाल विधेयकमा प्रचण्डको प्रश्न : जनता भन्दा प्रधानमन्त्री पद ठूलो हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक सञ्जाल विधेयक दर्ता गरेको भन्दै विरोध गरेका छन्।

प्रतिनिधि सभामा विशेष समयमा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताभन्दा प्रधानमन्त्री पद माथि नभएको सुझाव दिएका छन्।

‘जनताको बोल्न पाउने हक छिन्न सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको छ। जनताभन्दा तपाईं(प्रधानमन्त्री) कसरी माथि हुनुहुन्छ?’, उनले भने। विधेयक दर्ता नहुँदै सरकारको विरूद्ध बोल्नेलाई हतकडी लगाएर जिल्ला घुमाएको भन्दै यो विधेयक बनाएर सरकारले सबै जनतालाई जेल हाल्न खोजेको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us