रवि लामिछानेको बिषयमा प्रचण्ड : प्रतिशोध लिने कुरामा सरकार बलियो देखियो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका छन्।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरूले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका हुन्।

उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए। उनले विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरूले आज न्यायपालिकालाई धम्क्याएर छाड्ने षड्यन्त्रमा लागेको बताए। उनले सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभइ अपराधपूर्ण रहेको बताए।

अध्यक्ष दाहालले प्रतिशोध लिने कुरामा सरकार बलियो देखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us