आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो : कतिमा हुँदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । यसअघिका लगातार तीन दिनमा पाँच हजार सातसय रुपैयाँले बढेको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको हो ।

हिजो बिहिबार १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य घट्दा आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बिहिबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us