काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान १ घन्टा विद्युत अवरूद्ध हुने भएको हो ।
यस्तै, बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ पनि सडक चौडा र गर्न र नयाँ ट्रान्सफर्मर पोस्ट निर्माण गर्ने कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । तीनै फिडरअन्तर्गतका क्षेत्रमा समयअगावै काम सकिए निर्धारित अवधीभन्दा पहिल्यै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।