५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य ५०० रुपैयाँले बढेर एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढ्दै आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us