सल्यान महोत्सवमा भीषण आगलागी, ८० स्टलका सम्पूर्ण सामान जले ,करोडौं बराबरको क्षती

सल्यान । सल्यानमा महोत्सवमा आगलागी भएको छ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।

आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राति आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो।

महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए। उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको हो । आगलागीबाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार क्षतिको विवरण आउन र आगो कसरी लागेकोबारे अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us