इलन मस्कको विभागलाई व्यक्तिगत वित्तिय अभिलेखको पहुँचमा अदालतले रोक लगायो

काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डनल्ड ट्रम्पको अनुमतिमा अर्बपति इलन मस्कले ट्रेजरी डिपार्टमेन्ट रेकर्डहरूमा पहुँच हासिल गर्ने प्रयासलाई रोक लगाएको छ।

म्यानहटनका जिल्ला न्यायाधीश पल ए एङ्गेलमेयरको आदेशले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) लाई ट्रेजरी विभागको डाटासम्मको पहुँचमा प्रतिबन्ध लगाएको छ।

राष्ट्रपति डनल्ड ट्रम्पको कार्यकारी आदेशले सरकारी दक्षता विभागलाई ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटासम्मको पहुँच सहज बनाएको थियो।

मस्कको नेतृत्वमा दक्षता विभागलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए। अदालतको आदेशपछि ट्वीट गर्दै मस्कले गलत आदेश आएको प्रतिक्रिया दिएका छन्।

अदालतको आदेशले राज्यहरूले तत्काल राहतबिना अपूरणीय क्षतिको सामना गर्ने भनेको छ। निषेधाज्ञाले निजामती कर्मचारीहरू बाहेक अरू कसैलाई ती अभिलेखसम्मको पहुँचमा प्रतिबन्धित गरेको छ।

न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले ट्रम्प प्रशासनले मस्कलाई व्यक्तिगत डाटामा अभूतपूर्व पहुँच दिएको आरोप लगाएका छन्।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us