काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माणाधीन फिल्म पहाडको मंगलबार गोर्खा दरबारमा शुभ मुहूर्त गरी छायांकन शुरू गरिएको छ।
अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सट दिएको फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको फिल्मका लेखक तथा निर्देशक घिमिरेले जानकारी गराए।
निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पु¥याउने पनि बताए। ‘फिल्ममा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ। फिल्मको विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउ“दा उत्साहित छु’ घिमिरेको भनाई छ।
ओजस्वी केसी निर्माता रहेको फिल्म प्रमोद प्रधानले छायांकन गरिरहेका छन्। भारतमा फिल्म, वेब सिरिज र टेलिफिल्मसमेत छायांकन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका थिए। उनले तीस वर्षपछि नेपाली फिल्म छायांकन गरेका हुन्। फिल्मको छायांकन गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने जनाइएको छ।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माणाधीन फिल्ममा विपिन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् भने रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। फिल्ममा रिम्पोछे लामा थिङ र सुरेश लामा थिङ सह निर्माता रहेका छन्।