निर्मला घिमिरे ‘निरु’ को टुक्रिएको मुटु गित सार्वजनिक

काठमाडौं । निर्मला घिमिरे ‘निरु’ को स्वरमा टुक्रिएको मुटु बोलको गीत सार्वजनिक गरिएको छ। वियोगान्त भावको गीत कृष्ण बुढाथोकीले लेखेका हुन् भने संगीत डाक्टर किराँतले दिएका छन्।

गीतले प्रेममा आघात पाएकी एक नारीको पीडा व्यक्त गर्दछ। गीतको भिडियो निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेका छन्। गीतको भिडियोमा टिकटकबाट चर्चित बनेकी र पछिल्लो समय कमेडी दरबारबाट छाएकी मिस पबीका साथमा रमेश चन्द सोडारी र झरना रिसालले अभिनय गरेकी छन्।

गायिका घिमिरे र रंग एन पौडेलद्वारा निर्मित भिडियोमा छायांकन शिव ढकाल तथा संपादन र रंग संयोजन राम प्रसाद चौधरीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us