दक्षिणकालीमा बिद्यार्थी बोकेको बस दुर्घटना : चालकसहित ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीको फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक र तीन विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलकाका विद्यार्थी सवार बस दुर्घटनामा परेको फर्पिङ प्रहरीले जनाएको छ ।

बसमा करिब ५० जना विद्यार्थी सवार थिए । घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us